राष्ट्रपति भडारीले गरिन पृथ्वीनारायणको सालिकमा माल्यार्पण


काठमाडौं, पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सिंहदरबारको अगाडि रहेको पृथ्वीनारायण सालिकमा माल्यार्पण गरेकी हुन् । सो अवसरमा शाहको सालिक अगाडि नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको छ ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् ।

एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तात्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन् ।

तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय रहेको उनले बताइन् ।


प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार १९:२५

धेरै पढिएको

ताजा समाचार