काठमाडौ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल भेट गरेका छन् । उनले आज बिहान बालुवाटर पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
भेटका क्रममा दाहाल र जमरकट्टेलबीच बधाइ आदानप्रदान भएको छ । साथै, भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जम्मकट्टेल माओवादीबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रधानमन्त्री दाहाललाई बुधबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका थिए ।
प्रकाशित मिति : २०७९ पुष २८, बिहीबार १०:३९