यती एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकी लोक गायिका निरा छन्त्यालको मृत्युको शोकमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आज देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको छ।
प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ।
गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
२२ वर्षिया गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका हुन्।
साभार नेपालखबर