नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला बस्दैछ ।आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेको भेला बस्न लागेको हो । पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराउने एमालेले जनाएको छ ।
भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् । भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । ४ मंसिरमा सम्पन्न निर्वाचनमा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी कुल ७८ सिट जितेको छ ।