प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गर्नु भएको छ ।
आईतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तराष्ट्रिय विमानस्थलको औंपचारिक उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो ।
यस अघि त्यस क्षेत्रमा हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।
अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति : २०७९ पुष १७, आईतवार ०९:५२