प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गर्नुभएको छ ।
उहाँले संसद्का महासचिवलाई सम्बोधन गर्दै व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रधानमन्त्रीको शपथ लिनुभएको थियो ।
प्रकाशित मिति : २०७९ पुष १८, सोमबार १०:११