नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछिका प्रदेशसभाका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिनुभएकाे छ ।
सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिनुभएको छ ।
‘हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ । हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ । त्यसैले हामी गम्भीर हुन जरुरी छ’, उहाँले भन्नुभयो, ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो । राजनीतिक अधिकारको क्रममा घटना घट्यो । तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ ।
टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन । घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ । घटना समाधानले मात्रै समाज विकास हुनेछ । यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ ।’