प्रदेश १ मा एमाले-माओवादी सहमति: एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने


प्रदेश १ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारीको औपचारिक सहमति भएको छ ।

सहमति जुटाउन आज दुई दलबीच छलफल भएको थियो । छलफलमामा सहभागी एक नेताका अनुसार माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय भएको छ ।

यससँगै एमालेका हिक्मत कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यतालिका छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट एक–एक जना मन्त्री बनाउने सहमति पनि भएको उनले बताए ।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार १०:३९

धेरै पढिएको

ताजा समाचार