काठमाडौं, नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी गतिविधिलाई अगाडि बढाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीति बनाएको हो ।
पार्टीको आन्तरिक मतभेदलाई थाती राखेर कांग्रेस सभापति देउवाले रणनीतिक छलफल अगाडि बढाएको पाइएको छ ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाएको एक पदाधिकारीले बताए ।
भोलिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने उनको भनाइ छ ।
माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पहिलो पटक पुस २२ गतेका लागि बोलाएको बैठक पुस २८ गतेका लागि सारिएको थियो ।
उक्त मितिमा पनि बैठक बस्न नसकेपछि माघ १५ गते बैठक केन्द्रीय समिति बैठक बस्दैछ ।