माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै


काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ। हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।

आज अध्यक्ष दाअहालको प्रतिवेदनमाथि नेताहरूले आ आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा प्रचण्डले राष्ट्रपति कसको पार्टीबाट बन्ने भन्ने निश्चित नभइसकेको बताएका थिए।

कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि झस्किएको एमाले राष्ट्रपति आफ्नो पोल्टामा पार्ने कसरतमा छ ।

राष्ट्रपतिमा माओवादीको भूमिका निर्णायक रहेकाले एमालेको नजर प्रधानमन्त्री दाहालमाथि नै छ ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने स्पष्ट गरिसकेको छ, जसका कारण एमाले ढुक्क हुन सकेको छैन् ।


प्रकाशित मिति : २०७९ माघ १३, शुक्रबार ०८:२६

धेरै पढिएको

ताजा समाचार