राप्रपाले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने


काठमाडौ, राजतन्त्र पुनः स्थापनाको एजेण्डा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ ।

राप्रपामा नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्नेमा मतभेद छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको छ । एमालेसँग निकट सम्बन्धमा रहेको राप्रपाले राष्ट्रपति निर्वाचनबारे अहिलेसम्म केही धारणा बनाइसकेको छैन ।

राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइनसकेको सो पार्टीका नेताहरूले बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् ।

उनले भने, राष्ट्रपति निर्वाचनमा सहभागी भएरै जान्छौं । संसदीय प्रक्रियाभन्दा बाहिर रहने कुरा त भएन नि

राप्रपाका एक नेताले भने केन्द्रीय सरकारमा सहभागी हुने, प्रदेशसभामा सभामुख र सरकारमा सहभागी हुने अनि राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने निर्णय गर्न नसकिने बताएका छन् ।

राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।


प्रकाशित मिति : २०७९ फाल्गुन १०, बुधबार ०८:२३

धेरै पढिएको

ताजा समाचार