सिभिल बैंकबाट लाभांश घोषणा


सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलरबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४०३ औं बैठकले आफ्ना शेयरधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैंकको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने गरि हाल चुक्ता पुँजीको ९ अर्ब सात करोड अन्ठाउन्न लाख त्रीचालीस करोड आठ सय नब्बे रुपैयाँ ३१ पैसाको ५ प्रतिशत का दरले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार एक सय ९४ रुपैयाँ ५२ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ का दरले हुन आउने दुई करोड ३८ लाख ४३ हजार सात सय ९९ रुपैयाँ ७१ पैसा नगद लाभांश शेयरधनिहरुलाई वितरण गरिने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

साभार आर्थिकन्युज


प्रकाशित मिति : २०७९ पुष ५, मंगलवार ०६:२३

धेरै पढिएको

ताजा समाचार