काठमाडौँ, ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गोरखाबाट सुरु गरेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँ आइपुगेको छ ।
विशेष टर्चलाइटसहित तत्कालीन फौजले प्रयोग गरेका पोसाक तथा हतियारसहितको सैनिक टोली मङ्गलबार बिहान काठमाडौँ आइपुगेको हो ।
नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र उनका फौजले मार्चपास गरेको पदमार्ग स्मरणमा सेनाको एकीकरण पदयात्रासहित टर्च र्यालीको आयोजना गर्ने गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार नेपाल एकीकरणका बेला स्थापना भएका श्रीनाथ कालीबक्स गण, पुरानो गोरख बदेवाणी हालको बर्दबहादुर र सुवुज गणले विशेष मार्चसहित टर्च र्याली काठमाडौँ ल्याएका हुन् ।
बिहीबार गोरखाबाट हिँडेको एकीकरण मार्ग पदयात्रा गोरखाबाट धादिङको र्भयाङभुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो ।
र्यालीलाई विभिन्न स्थानमा बाजागाजा र फूलमालासहित स्वागत गरिएको थियो । नेपाल सरकारको नीति तथा कार्यक्रममा नेपाल एकीकरणका समयमा स्थापना भएका ऐतिहासिक किल्ला, गढीको संरक्षण तथा प्रवद्र्धन गर्ने नीतिअनुरूप नेपाली सेनाले वि।सं २०७६ पुस १ गतेदेखि एकीकरण मार्ग पदयात्रा सुरु भएको सेनाले जनाएको छ ।
काठमाडौँको हनुमानढोकास्थित शार्दूल जङ्ग गणमा आइपुगेको (यालीलाई विशेष बाजागाजा तथा झाँकीसहित बुधबार बिहान नगर परिक्रमा गरी सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा ल्याउने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गरी २४ स–साना राज्यलाई समाहित गरी नेपाल एकीकरण गरेको स्मरणमा नेपाली सेनाले गोरखाबाट टर्चसहितको र्याली काठमाडौँ ल्याउने गरेको हो ।
सन् १८१२ पृथ्वीनारायण शाह आफैँले कमान्ड गरेको फौजले नेपालको पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरेको इतिहास छ ।