प्रधानन्यायाधीश नियुक्ति अर्को बैठकबाट गर्ने संवैधानिक परिषद्को बैठकको निर्णय


काठमाडौ, बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सकेन।

बैठकमा सहभागी परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भने, ‘अर्को बैठकबाट निर्णय हुन्छ।’

सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।

महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीशको नियुक्तिबारे छलफल गर्न आज बिहान सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको थियो। तर निर्णय गर्न सकेन।

अब अर्को बैठकबाट निर्णय गरिने परिषद्का सदस्य तिमल्सिनाले बताएका छन्। तर, अर्को बैठक कहिले बस्छ भन्नेबारे उनले केही भनेनन्।


प्रकाशित मिति : २०८० बैशाख ६, बुधबार १३:०७

धेरै पढिएको

ताजा समाचार