धरौटीमा रिहा भए क्रिकेटर सन्दीप लामिछाने


काठमाडौ, क्रिकेटर सन्दीप लामिछाने ९९ दिन लामो थुना बसाइपछि रिहा भएका छन्।

पाटन उच्च अदालतको आदेशमा उनी शुक्रबार दिउँसो केन्द्रीय कारागरबाट रिहा भएका हुन्।

उनी रिहा हुँदा उनलाई लिन बाबुआमा कार लिएर पुगेका थिए। सन्दीप रिहा हुने क्रममा उनका सयौँ समर्थक केन्द्रीय कारागार परिसरबाहिर पुगेका थिए।

उनीहरुले सन्दीपको पक्षमा नाराबाजी पनि गरे। सन्दीपले निस्किएपछि समर्थकहरुलाई धन्यवाद दिँदै घरतिर लागे।


प्रकाशित मिति : २०७९ पुष २९, शुक्रबार १८:०९

धेरै पढिएको

ताजा समाचार