लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनलाई करार नवीकरण गर्ने बताएका छन् । यद्यपि, क्लबले भने यसबारे आधिकारिक सहमति भइनसकेको बताएको छ ।
अर्जेन्टिना स्टारले विश्वकप नसकेसम्म नयाँ करारबारे कुनै छलफल नगर्ने बताएका थिए । तर, विश्वकप सकिएसँगै यसबारे छलफल तीव्र रुपमा अघि बढेको छ । अर्जेन्टिनाले विश्वकप जितेको ७२ घण्टापछि नै मेस्सीले क्लबलाई करार सम्झौता नवीकरण गर्ने वाचा गरेका हुन् । तर, क्लबले भने औपचारिक पत्रमा हस्ताक्षर नभएकाले अहिले केही भन्न नमिल्ने बताएको छ ।
यसअघि मेस्सी यो सिजनको अन्त्यबाट पीएसजी छाडेर एमएलएसमा खेल्न अमेरिकामा जाने चर्चा चलेको थियो । पीएसजी छाडेर मेस्सी इन्टर मियामी क्लब जान सक्ने समाचारहरू प्रकाशित भएका थिए । तर, हाललाई यो अध्यायमा ब्रेक लागेको छ ।-गोलडटकम