एजेन्सी, सर्बियाका टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार राति मेलबर्नमा भएको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराउँदै जोकोभिच दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
९ पटकका विजेता जोकोभिचले रोबर्टोलाई ६–३, ६–४ र ६–० ले हराए । कोभिड–१९ को खोप नलगाएको कारण उनले गत वर्ष अस्ट्रेलियन टेनिस खेल्न पाएका थिएनन् ।
यसपालि भने अस्ट्रेलिया सरकारले खोपबिना प्रवेश निषेधलाई हटाएको छ ।
प्रकाशित मिति : २०७९ माघ ४, बुधबार ०८:०७