अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युनाइटेड


एजेन्सी, इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएको छ ।

गएराति प्यालेसको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लिएको थियो ।

तर, खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा युनाइटेड अंक बाड्न बाध्य भयो ।

प्यालेसका मिखाएल ओलिसले इन्जुरी समयमा फ्रि–किकमार्फत सुन्दर गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै युनाइटेडले म्यानचेस्टर सिटीलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो ।

तेस्रो स्थानमा रहेको युनाइटेडले १९ खेलबाट ३९ अंक जोडेको छ । सिटीको पनि १८ खेलबाट समान ३९ अंक भए पनि ऊ गोल अन्तरमा अघि छ ।

शीर्ष स्थानको आर्सनलले ४७ अंक जोडेको छ । १२ औँ स्थानमा रहेको प्यालेसले १९ खेलबाट २३ अंक जोडेको छ ।


प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार ०८:३४

धेरै पढिएको

ताजा समाचार