एजेन्सी, बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा तेस्रो श्रेणीको एडी सेउटालाई ५–० ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।
बार्सिलोनाको जीतमा रोबर्टो लेवान्डोस्कीले दुई, राफिन्हा, अन्सु फाती र फ्रान्क केस्सीले एकरएक गोल गरे । खेलमा बार्सिलोनाले ४१ औं मिनेटमा राफिन्हाको गोलबाट सुरुआती अग्रता लिएको थियो ।
५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोना २–० ले अगाडि बढ्यो । अन्सु फातीले ७० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए ।
प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार ०९:२८