साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित


काठमाडौं, साफ यू-२० च्याम्पियनसिपमा नेपाल घरेलुटोली बंगलादेशसँग ३-० ले पराजित भएको छ ।

बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।

सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि बंगलादेशसँग पराजित हुँदै नेपाल उपबिजेता बनेको थियो ।

चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई गोलको अग्रता लियो । दोस्रो हाफमा एक गोल थप्दै विजयी बन्यो ।


प्रकाशित मिति : २०७९ माघ २७, शुक्रबार ०८:३७

धेरै पढिएको

ताजा समाचार