दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी


काठमाडौं, नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरी खेलेको छ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले घरेलु टोली भारतसँग गोलरहित बराबरी खेलेको हो ।

यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २/२ गोलको बराबरी खेलेको थियो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।


प्रकाशित मिति : २०७९ फाल्गुन ७, आईतवार ०८:१९

धेरै पढिएको

ताजा समाचार