यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जीत, हङकङ ९ विकेटले पराजित


काठमाडौ, नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्‍यो ।

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएपछि जबाफमा आएको नेपालले २२.१ ओभर भित्रै लक्ष्य पूरा गर्‍यो ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जीत हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो ।


प्रकाशित मिति : २०७९ फाल्गुन १५, सोमबार १६:३१

धेरै पढिएको

ताजा समाचार