यु–१९ विश्वकपका लागि छनोट भएको नेपाली टिमलाई सभापति देउवाको बधाइ


काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिएका छन् ।

सभापति देउवालेले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बधाइ तथा शुभकामना दिएका हुन् ।

उनले भने , “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना।”

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो।


प्रकाशित मिति : २०७९ फाल्गुन १९, शुक्रबार ०८:१२

धेरै पढिएको

ताजा समाचार