आसिफको शतक र सन्दीपको चार विकेटमा पीएनजीमाथि नेपालको ५२ रनको जीत


काठमाडौं, आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जीतका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।


प्रकाशित मिति : २०७९ फाल्गुन २५, बिहीबार १६:२७

धेरै पढिएको

ताजा समाचार