एजेन्सी, इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ ।
घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।
लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो ।
दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए ।
हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।
मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डीएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो ।