एनएनआईपीए स्पोर्ट्स अवार्ड : एन्जिला तुम्बापो र प्रिन्स दाहाल सर्वोत्कृष्ट खेलाडी


काठमाडौ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआईपीए स्पोर्ट्स अवार्ड आयोजना गरेको छ।

सोमबार काठमाडौंमा गरिएको अवार्ड कार्यक्रममा विभिन्न विधाबाट खेलाडीहरुलाई उत्कृष्ट घोषणा गरिएको छ।

संघले हरेक वर्ष नेपाल ओलम्पिक संघबाट आधिकारिकता पाएका विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने गरेको छ।

यसपटक ६ विधामा उत्कृष्ट भएका खेलाडी तथा पदाधिकारीलाई पुरस्कृत गरिएको हो। यस वर्ष फुटबलकी एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

उनीहरुलाई नगद एक/एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी २७ खेलमध्येका उत्कृष्ट खेलाडीलाई पुरस्कारस्वरुप १० हजार गरिएको छ।

त्यसैगरी प्रतिभाशाली खेलाडीका रुपमा महिलातर्फ करातेकी चञ्चला दनुवार र पुरुषतर्फ गल्फका सद्भाव आचार्य घोषित भएका छन्।

उनीहरुले जनही नगद ५० हजार रुपैयाँ पाएका छन्। उनीहरुलाई २०७८ मा गरेको प्रदर्शनका आधारमा पुरस्कृत गरिएको हो।

एसियाडमा सहाभगी पारा एथलिट शुभेच्छा खतिवडालाई १५ हजार पुरस्कार दिइएको छ। त्यसैगरी उत्कृष्ट खेल पत्रकारका रुपमा ध्रुवरत्न तुलाधरलाई २५ हजार पुरस्कार दिइएको छ।

गजराज आदर्श ब्यक्तित्व खड्ग रानाभाट सम्मानित भएका छन्। आयोजकले फुटबल, भलिबल र एथलेटिक्सका पूर्वखेलाडी र एथलेटिक्स प्रशिक्षकलाई ३५ हजार पुरस्कार दिएका छन्।

खेल संघको सिफारिसको आधारमा उत्कृष्ट खेलाडी छ्नोट गरिएको हो। सम्बन्धित खेल संघले ५ हजार र एनएनआईपीएले ५ हजार थपेर जनही १० हजार रुपैयाँ प्रदान गरिएको हो।

आर्चरीदेखि उसु सम्मका खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका हुन्।

अरु उत्कृष्ट खेलाडी
आर्चरी -इमायु राइन
एथलेटिक्स-दिपक अधिकारी
ब्याडमिन्टन-पृन्स दाहाल
बास्केटबल-अनुशा मल्ल
बक्सिङ-सुस्मा तामाङ
साइक्लिङ-निस्मा श्रेष्ठ
फेन्सिङ-ओमकार सिंह
फूटबल-एन्जिला तुम्बाप्पो सुब्बा
गल्फ-सम्भव आचार्य
जिम्न्यास्टिक -नारायण मानन्धर
ह्यान्डबल-विशाल नेपाली
हक्की-कमला चन्द
जुडो-सन्जित डङोल
कबडी – घनश्याम रोक्का मगर
कराते-चन्चला दनुवार
र्‍याफ्टिङ -मोहन राना
सुटिङ-सुस्मिता नेपाल
स्की-संगीता लामा
स्विमिङ-अलेक्जेन्डर साह
टेबल टेनिस -सिक्का सुवाल श्रेष्ठ
टेनिस-रोहित राना
ट्रायाथलन- स्रेबी महर्जन
भलिबल-सलिना श्रेष्ठ
भारत्तोल- विशाल सिंह बिष्ट
रेस्लिङ-सुशीला चन्द
उसु- सुस्मिता तामाङ


प्रकाशित मिति : २०७९ चैत्र २०, सोमबार १९:१६

धेरै पढिएको

ताजा समाचार