आईपीएलमा मुम्बईसँग दिल्ली पराजित


एजेन्सी, इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इन्डियन्सले यो सिजनमा पहिलो जीत दर्ता गरेको छ।

दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो।

जितका लागि दिएको १७३ रनको लक्ष्य पछ्याएको मुम्बईको टोलीले चार विकेट गुमाएर १७३ रन बनाएर जीत निकालेको हो।

मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ६५ रन बनाए । उनले ४५ बलमा छ चौका र चार चौकाको मद्दतले ६५ रनको इनिङ खेले।

जितमा तिलक बर्माले ४१ र इशान किसनले ३१ रन बनाएका थिए । क्यामरुन १७ र डेबिड १३ रनसहित अविजित रहे।

खेलमा टोलीका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको असफलताको शृङ्खला जारी रह्यो। उनले यो खेलमा पनि खाता खोल्न सकेनन्।

तर मुम्बईका लागि यो जित त्यति सहज थिएन । मुम्बईलाई अन्तिम ओभरमा पाँच रन र अन्तिम बलमा दुई रन आवश्यक थियो। टिम डेभिडले दुई रन बनाएर टोलीलाई सिजनको पहिलो जीत दिलाए।

अर्कोतर्फ दिल्ली क्यापिटल्सले यो सिजनका अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ।

 


प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार ०८:१९

धेरै पढिएको

ताजा समाचार