म्याक्सवेल र डुप्लेसिसको उत्कृष्ट ब्याटिङका बाबजुद बैंग्लोर पराजित


एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर ८ रनले पराजित भएको छ ।

चेन्नईले दिएको २ सय २७ रनको बलियो लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि ग्लेन म्याक्सवेल र कप्तान फाफ डुप्लेसिसले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।

३६ बलको सामना गरेका म्याक्सवेलले ८ छक्का र ३ चौकासहित ७६ रन बनाए । त्यस्तै, डुप्लेसिसले ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको इनिङ खेले ।

दिनेश कार्तिकले २८, सुयश प्रभुदेसाईले १९ र शाहबाज अहमदले १२ रन जोडे । विराट कोहली भने चेन्नईविरुद्ध ६ रनमै आउट भए ।

चेन्नईका लागि तुषार देशपाण्डेले तीन, मतीशा पथिरानाले दुई, मोइन अली, महेश थिक्क्षणा र आकाश सिंहले एकरएक विकेट लिए ।

त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सिएसकेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २५ रन बनायो ।

उसका लागि डेभन कन्वे र शिवम दुबेले अर्धशतकीय पारी खेले । ४५ बलको सामना गरेका कन्वेले ६ छक्का र ६ चौकाको मद्दतमा ८३ रन बनाए ।

त्यस्तै, दुबेले २७ बलमा ५ छक्का र २ चौकाको सहयोगमा ५२ रनको आक्रामक इनिङ खेले ।

अजिंक्य रहाणेले ३७, मोइन अलीले अविजित १९, अम्बाती रायडूले १७ र अम्बाती रायडूले १० रन जोडे ।

आरसीबीका लागि मोहम्मद शामी, वेन पार्नेल, हर्षल पटेल, वानिन्दु हसरंगा, ग्लेन म्याक्सवेल र विजयकुमार विशाकले एकरएक विकेट लिए ।

यो जीतसँगै चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा तीनमा जीत र २ खेलमा हारको सामना गरेको छ ।

समान खेल खेलेको बैंग्लोर अंक तालिकाको सातौँ स्थानमा धकेलिएको छ । उसले अहिलेसम्म तीनमा हार तथा दुई खेलमा जित प्राप्त गरेको छ ।


प्रकाशित मिति : २०८० बैशाख ५, मंगलवार ०८:०८

धेरै पढिएको

ताजा समाचार