एसीसी प्रिमियर कपमा आज कतार र ओमान तथा कुवेत र यूएई भिड्दै


काठमाडौं , काठमाडौं जारी एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदै छन् । प्रतियोगिताको दोस्रो दिन कतारले ओमान तथा कुवेतले यूएईको सामना गर्न लागेका हुन् ।

समूह ‘ए’ अन्तर्गत ओमान र कतारबीचको खेल मूलपानी मैदानमा हुनेछ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने समूह ‘बी’ को खेलमा यूएई र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । दुवै खेलमा बिहान ८ः४५ मा सुरु हुनेछन् ।

प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियालाई तथा हङकङले सिंगापुरलाई हराए । कुल २४ खेल हुने एसिसी प्रिमियर कप फाइनल खेल १८ वैशाखमा त्रिवि मैदानमा हुने तालिका छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार तथा समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन, कुवेत र सिंगापुर रहेका छन् ।

दुवै समूहको शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । उपाधि जित्ने टोलीले सेप्टेम्बरमा हुने एसिया कपमा भाग लिन पाउनेछ ।

त्यस्तै, तालिकाको शीर्ष तीनमा रहने टिमले एसिसी इमर्जिङ कप खेल्न पाउनेछन् ।


प्रकाशित मिति : २०८० बैशाख ६, बुधबार ०८:२१

धेरै पढिएको

ताजा समाचार