एजेन्सी, इन्डियन प्रिमियर लिग–२०२३ मा गतरातिको खेल लखनउ सुपर जायन्ट्सले जितेको छ।
शीर्ष दुई स्थानमा रहेका टिमबीच बुधबार भएको भिडन्तमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो।
राजस्थानले अन्तिम ओभरमा जितका लागि १८ रन बनाउनु पर्नेमा त्यसलाई प्राप्त गर्न सकेन।
यो नतिजापछि दुवै टिमको ६ खेलबाट समान ८ अंक भएको छ । हारका बाबजुद राजस्थान अझै पनि पहिलो स्थानमा रहेको छ। लनखउ दोस्रो स्थानमा छ।
लखनउले पहिले ब्याटिङ गर्दै ७ विकेटमा १ सय ५४ रन बनाएको थियो।
प्रकाशित मिति : २०८० बैशाख ७, बिहीबार ०८:१७