काठमाडौं, एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले कुवेत र यूएईले ओमानसँग खेल्दैछन् ।
नेपाल र कुवेतबीचको खेल खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा र ओमान र यूएईबीचको खेल मुलपानी मैदानमा सुरु हुँदैछ ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपाल प्रतियोगितामा अपराजित टोली हो । नेपालले कतार,ओमान र मलेसियालाई हराएको थियो भने साउदी अरेवियासँगको खेल वर्षाका कारण रद्द भएर अंक बाँडेको थियो ।
कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जीत हात पारेको छ ।