भिल्लासँग हार्‍यो रियल मड्रिड, गुमायो शीर्ष स्थानमा उक्लने मौका


एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले दोस्रो हारको बेहोरेको छ । दोस्रो हार बेहोर्ने क्रममा ऊ गएराति भिल्ला रियलसँग २–१ ले पराजित भयो ।

स्पेनको एल मड्रिगलमा भएको खेलमा भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एकरएक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई सुरुआती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै मड्रिडलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २–१ को जित दिलाए । योसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ । उसले १६ खेलमा २७ अंक जोडेको छ ।

३८ अंकका साथ रियल दोस्रो स्थानमा यथावत रहेको छ । यो हारपछि रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार ०२:२९

धेरै पढिएको

ताजा समाचार