काठमाडौं, नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अलस्टार्सले जितेको छ। बिहीबार भएको फाइनलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि उचालेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउ सक्यो ।
अर्जुन साउदले ३४ र पृथु बास्कोटाले ३१ रन जोडेपनि टिमलाई हारबाट बचाउन सकेनन्।
पहिलो ३ ओभरमा कप्तान रोहित पौडेल र गौरान्शु शर्मा आउट भएसँगै विराटनगर दबाबमा आएको थियो। रोहित गोल्डन डकआउट भए।
लुम्बिनीको लागि हर्मित सिंह र सागर ढकालले २–२ तथा किशोर महत्तो, बिपुल शर्माले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको लुम्बिनीले लुम्बिनी अलस्टार्स १९।२ ओभरमा १३३ रन बनाएर अलआउट भएको थियो। पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपनि लुम्बिनीले ठुलो स्कोर भने खडा गर्न सकेको थिएन ।
ओपनर लाहिरु मिलन्थाले ४१ र हर्मित सिंहले ३० रन बनाए । विराटनगरका राज नानन र नन्दन यादवले २–२ विकेट लिएका थिए ।
पहिलो पटक आयोजना भएको लिगको विजेता लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैँया पाउने भनिएको छ ।
तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौंथो काठमाडौं किङ्सले ५ लाख पाउनेछन् ।