एजेन्सी, साउथह्याम्पटन काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वाटरफाइनलमा म्यानचेस्टर सीटीलाई २–० गोल अन्तरले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश गरेको हो ।
साउथह्याम्पटनलाई जिताउन सेकोउ मारा र मोउसा जेनेपोले एकरएक गोल गरे । खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सीटीलाई २–० को जीत दिलाए । त्यस्तै, नटिङ्घम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रकाशित मिति : २०७९ पुष २८, बिहीबार ०९:०६