नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा सोमबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
सोमबारको पहिलो खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्सको सामना गर्दैछ । खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहान्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।
फार वेस्ट भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो ।
सोमबार नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।
विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल् स्टारसँग पराजित भएको हो ।
जनकपुर लगातार दोस्रो जित निकाल्न चाहान्छ ।