एमाले सचिवालय बैठक बस्दै


काठमाडौ, नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल हुनेछ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदैछ ।


प्रकाशित मिति : २०७९ फाल्गुन १५, सोमबार ०९:१०

धेरै पढिएको

ताजा समाचार