शीतलहर र हिमपातको समयमा कसरी सुरक्षित रहने ?


केही समययता चिसो बढेसँगै देशका विभिन्न भागमा शीतलहर र हिमपातले जनजीवन प्रभावित बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट बच्न सबैलाई सचेत तुल्याएको छ ।

मन्त्रालयका अनुसार शीतलहर र हिमपात भएको समयमा यसरी सुरक्षित रहन सकिन्छ–

–चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउने ।

–कोठा न्यानो बनाइ र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउने ।

–बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट जोगाउने ।

–आमाको दुध खाने बच्चाहरूलाई नियमित रुपमा स्तनपान गराउने ।

–तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा पिउने, धूम्रपान तथा मद्यपान नगर्ने ।

–स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै : ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार–घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

–सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, व्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुत्ने । यदि त्यसो गरेको खण्डमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ ।

आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्ने ।


प्रकाशित मिति : २०७९ पुष ७, बिहीबार ०८:५४

धेरै पढिएको

ताजा समाचार